विराटनगर । विराटनगर ५ स्थित नेपाल विद्युत् प्राधिकरण कार्यालय नजिकै मुख्य कार्यालय राखेर संचालन गर्दै आएका अरबिन्द मेहता आत्महत्या दुरत्साहन आरोपमा मोरङ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
सुनसरीको देवानगन्ज गाउँपालिकापालिका–६ का ३१ वर्षीय अरबिन्द मेहतालाई आत्महत्या गर्न बाध्य तुल्याएको आशंकामा सुनसरीका ३ युवालाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा सुनसरीको गढीगाँउपालीका ५ का २० बर्षिय विवेक यादव, कोशीगाँउपालीका २ का २६ बर्षिय वृजेस कुमार यादव र ईनरुवा २ का रुपक मेहता रहेको मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक राजन कार्कीले आवर विराटनगरलाई जानकारी दिए । गत असार २३ गते राति विष सेवन गर्नुअघि मेहताले लेखेको ‘सुसाइड नोट’ मा उल्लेख भएका चार नाममध्ये तीन जनालाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
गत मंगलबार एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले आइतबार थप दुई जनालाई नियन्त्रणमा लिएको डिएसपी कार्कीले जानकारी दिए । मेहताले सुनसरीको इनरुवा नगरपालिका र देवानगन्जमा शाखा कार्यालय सञ्चालन गर्दै आएका थिए ।
विराटनगर–५ मा डेरा लिएर बस्दै आएका अरबिन्दले असार २३ गते बिहान ११ बजे विष सेवन गरेका थिए । उनलाई उपचारार्थ विराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पताल लगिएको थियो। उपचारका क्रममा असार ३० गते उनको मृत्यु भएको थियो । पक्राउ परेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ ।