प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड संक्रमित

<span class='c1'>प्रदेश नं. १ का मुख्यमन्त्री</span> <span class='c2'>राजेन्द्रकुमार राई कोभिड संक्रमित</span>

विराटनगर साउन १७ ,

प्रदेश नं. १ का माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड संक्रमित भएका छन । माननीय मुख्यमन्त्रीसहित उहाँका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनाको श्रावण १६ गते पीसीआर परीक्षण गर्दा मुख्यमन्त्री सहित तीन जनामा कोभिड संक्रमण देखिएको हो ।

पीसीआर परीक्षण गर्दा माननीय मुख्यमन्त्री पत्नी शोभा पाठक र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईसहित तीन जनामा कोभिड पोजेटिभ देखिएको छ । माननीय मुख्यमन्त्रीसहित तीनै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । कोभिड संक्रमणका कारण माननीय मुख्यमन्त्रीको भेटघाटलगायत सबै कार्यक्रम हाललाई स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्