विराटनगर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जहदा गाउँपालिका-३ हातिबन्दा बस्ने २३ वर्षीय सुमन राजवंशीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सुमनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।