तेह्र सय विद्यार्थीले दिए कान्तिपुर कलेजमा प्रवेश परिक्षा

तेह्र सय  विद्यार्थीले दिए  कान्तिपुर कलेजमा प्रवेश परिक्षा

विराटनगर । विराटनगर-१० मा रहेको कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई मंगलबार प्रवेश परीक्षा लिएको छ ।

विज्ञान संकायमा ४ सय र व्यवस्थापन संकायमा ३ सय ५० का लागि लिएको परीक्षामा १ हजार ३ सय ३५ जना विद्यार्थी सहभागी रहेको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । कक्षा ११ र १२ को सर्वोत्कृष्ट नतिजा, मेडिकल र ईन्जिनियरिङको तयारी कक्षाका साथै अतिरिक्त क्रियाकलापमा प्रदेश नम्बर १ कै उत्कृष्ट नजिता आएकाले पनि विद्यार्थीको रोजाई कान्तिपुर कलेज रहेको प्रिन्सिपल नेपालले बताए ।

विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन संकायमात्र पठनपाठन हुने कान्तिपुरले प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । स्थापनाको छोटो समयमा नै सर्वोत्कृष्ट नतिजा ल्याएको प्रिन्सिपल नेपालले बताए । ‘उच्च शैक्षिक वातावरण रहेको र विद्यार्थीलाई करिअर डेभलपमेन्ट अपरचुनिटीको प्रचुर सम्भावना रहेको प्रिन्सिपल नेपालले भने, ‘दक्ष, अनुभवी र सधैँ माया र हौसला दिने प्राध्यापक र शिक्षकहरू रहनु पनि यो कलेजको सफलता हो ।’ अहिले पनि कान्तिपुरबाट पास भएका विद्यार्थीहरू देश विदेशमा नाम राख्न सफल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्