कानेपोखरीमा बसबाट लड्दा एक बृद्धको मृत्यु

कानेपोखरीमा बसबाट लड्दा एक बृद्धको मृत्यु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-२ स्थित सडक खण्डमा बसबाट लड्दा एक जना बृद्धको मृत्यु भएको छ ।

मंगलबार बिहान करिब ११ बजे कानेपोखरीबाट रंगेली तर्फ आउदै गरेको को.१ख ४१८८ नम्वरको बसमा सवार रहेका कानेपोखरी-२ मोरङका ७३ बर्षीय बलभद्र पराजुली बसबाट ओर्लने क्रममा लडी घाईते भएका थिए । घाईते पराजुलीको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त बस र चालक रतुवाईमाई नगरपालिका-२ का बावुराम टुडुलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्