विराटनगर विमानस्थलका लागि २५ करोड बजेट

<span class='c1'>विराटनगर विमानस्थलका लागि</span> <span class='c2'>२५ करोड बजेट</span>

विराटनगर । विराटनगर विमानस्थलको टर्मिनल भवन निर्माणका लागि २५ करोड ७६ लाख रूपैयाँ बजेट परेको छ। नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा काम थाल्ने गरि विराटनगर विमास्थलका लागि बजेट बिनियोजन गरेको हो । देशभरका १८ वटा विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छ । प्राधिकरणले यसका निम्ति कुल एक अर्ब ५१ करोड ६३ लाख रूपैयाँ बजेट छुट्याएको हो।

देशभरका विमानस्थल सुविधा सम्पन्न बनाउन विशेषगरी पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखिएको छ । प्राधिकरणले यस वर्षको आफ्नो कुल ४१ अर्ब ८५ करोड रूपैयाँ बजेटमध्ये पुँजीगत खर्चतर्फ २६ अर्ब ८२ करोड रूपैयाँ विनियोजन गरेको छ।इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा एक करोड ३७ लाख छुट्याइएको छ । निरन्तर कार्यक्रमअन्तर्गत प्राधिकरणले संखुवासभाको तुम्लिङटार विमानस्थलमा टर्मिनल भवन बनाउन यो वर्ष ६ करोड रूपैयाँ विनियोजन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्