मतदाता नामावली संकलन शुक्रबारदेखि स्थगित हुने

मतदाता नामावली संकलन शुक्रबारदेखि स्थगित हुने

काठमाडौं । निर्वाचन आयोगले शुक्रबारदेखि मतदाता नामावली संकलनको काम रोक्ने भएको छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने जानकारी दिए ।

निर्वाचन आयोगले अहिले देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ । गत स्थानीय तह निर्वाचनको मतगणना कार्य सम्पन्न भएपछि आयोगले छुटेका व्यक्तिहरुको नामावली संकलन गरिहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्