इट्टा किन्दा फ्रिज र टिभी  उपहार

इट्टा किन्दा फ्रिज र टिभी  उपहार

विराटनगर । आनन्द ईट्टाले ल्याएको हात खाली नजाने उपहार अन्तर्गत  तीन महिनामा १० लाख बढीको पुरस्कार वितरण गरेको  छ।

आनन्द, अनन्त र आगन ईट्टा खरिदमा ग्राहकहरूलाई दिने हात खाली नजाने उपहार योजनामा १० लाख बढी पुरस्कार वितरण गरिसकेको निर्देशक नितेश अग्रवालले जानकारी दिए । आनन्द, अनन्त र आगन ईट्टा मध्ये कुनै पनि तीन हजार ईट्टाको खरिदमा एक थान स्क्राच कुपन ग्राहकले पाउँछन् । उक्त कुपन स्क्राच गर्दा आनन्दले हात खाली नजाने उपहार योजना ल्याएको निर्देशक अग्रवालले बताए ।

सोही उपहार योजना अनुसार बम्पर पुस्कार स्कुटी राखेका छ । त्यस्तै ३२ इन्चको एलजीको टिभी, पाँच ग्राम सुन, ४० ग्राम चाँदीको सिक्का, फ्रिज र १ हजार ५ सय देखि ३ हजार रुपैयाँसम्म नगद उपहार रहेको छ ।

हात खाती नजाने उपहार अन्तर्गत  विराटनगरका दुई जना ग्राहकले फ्रिज र टिभी पाएका छन् । विराटनगरका प्रमोद यादवले फ्रिज र प्रविण कुमार ठाकुरले टिभी पाए । उनीहरूलाई बिहीबार विराटनगरमा एक कार्यक्रम आयोजना गरि निर्देशक अग्रवाल र प्रबन्धक देवेन्द्र रेग्मीले उक्त पुरस्कार हस्तान्तरण गरे ।

वैशाखबाट सुरू भएको हात खाली नजाने उपहार योजना दशै र तिहारसम्म लैजाने तयारी गरिएको छ । उपहार योजना ल्याएपछि आन्नदको ईटा खरिद गर्ने उपभोक्ता बढेको निर्देशक अग्रवालले बताए । अहिले २५ प्रतिशत ईटा  बिक्री बढ्ने  उनले बताए । अहिले दैनिक १ लाख बढी ईटा बिक्री वितरण भइरहेको अग्रवालले बताए    ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्