राउन्ड टेवल नेपालद्धारा रक्तदान

राउन्ड टेवल नेपालद्धारा रक्तदान

विराटनगर  । राउन्ड टेवल नेपाल  बीसीआरटी -१५ को आयोजनामा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान जिवनदान” भन्ने मूल नाराका साथ कटहरी-०४ स्थित रहेको सप्तकोशी सिमेन्ट फ्याक्ट्री र  सेन्चुरी पलाई बोड फ्याक्ट्री बर्जु सुनसरीको प्रङ्गणमा सम्पन्न गरेको हो ।

राउन्ड टेवल नेपालको स्थापना दिनको अवसरमा आयोजना गरीएको सो रक्तदान कार्यक्रममा ४६ पाउन्ड सप्तकोशी सिमेन्टबाट र ३५ पाउन्ड सेन्चुरी पलाई बोडबाट गरी जम्मा ८१ पाउन्ड रगत संकलन  भएको हो ।

रक्तदान लगायतका  सामाजिक कार्यहरु गर्दै आइरेहेको सो क्लबले रगत अभाव भइरहेको बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको राउन्ड टेवल नेपाल बीसीआरटी-१५ का अध्यक्ष सुमित गोयलले बताए । हामीले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम को आयोजना गरेको बताए।

प्रत्येक स्वस्थ्य ब्यक्तिले ३–३ महिनामा रक्तदान गर्न सक्ने तर्क दिदै यसबाट कुनै बेफाईदा नहुने बताउदै समाज परिवर्तनका लागि आफुबाटै आग्रह समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्