झापामा एक वर्षमा १४ हजार पिन्ट रगत खपत

झापामा एक वर्षमा १४ हजार पिन्ट रगत खपत

झापा । झापामा रहेका सरकारी र निजी अस्पतालमा एक वर्षको अवधिमा १४ हजार ७४५ पिन्ट रगत खपत गरेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।

रेडक्रस झापाले भद्रपुर, विर्तामोड र दमक रक्तसञ्चार केन्द्र र विर्तामोडको बिएण्डसी अस्पताल, दमकको आम्दा र लाइफलाइन अस्पतालमा रक्तसञ्चार युनिट सञ्चालन गर्दै आएको छ । रगत खपत गर्नेमा सबैभन्दा बढी मिर्गौला रोगी रहेका छन् ।

आर्थिक वर्ष २०७८-७९ मा जिल्लामा सबैभन्दा बढी ‘ए पोजेटिभ’ रगत खपत भएको नेरेसो भद्रपुरका रक्तसञ्चार केन्द्रका प्रमुख शिशिर दाहालले बताउनुभयो । सबैभन्दा कम खपत भएको रगत ‘एवी नेगेटिभ’ हो । एक वर्षको अवधिमा सो रगतको खपत २० पिन्ट मात्र भएको उहाँले जानकारी दिनुभयो । उहाँले जिल्लामा ५०९ पिन्ट पिआरपी र ४३४ पिन्ट एफएफपी (सेतो रगत) रगतकोसमेत खपत भएको बताउनुभयो ।

उहाँले एक वर्षमा विभिन्न स्थानमा सङ्घसंस्थाले गर्ने रक्तदान कार्यक्रम र रक्तसञ्चार केन्द्रमै आएर ताजा रगत दिनेबाट १५ हजार १४२ पिन्ट रगत जम्मा भएको बताउनुभयो । झापाका अस्पतालमा इलाम, पाँचथर, ताप्लेजुङदेखिका बिरामी उपचारका लागि आउने गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्