कहाँ छन् मोरङबाट हराएका ७६ बालबालिका

कहाँ छन् मोरङबाट हराएका ७६ बालबालिका

विराटनगर । मोरङमा एकवर्षको अवधीमा ७६ बालबालिका हराएका छन् । हराएका ३४५ जना बालबालिकामध्ये ७६ जना कहाँ छन् भन्ने यकिन नभएको हो ।

फेला नपरेका ७६ जनामा ५६ जना बालिका रहेको मोरङ प्रहरीको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७८÷२०७९ मा प्रहरीमा परेको निवेदनका आधारमा खोजतलास गरेर २६९ जना फेला पारिएको थियो । जसमा २२१ बलिका र ४८ जना बालक रहेको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

एकवर्षमा ६८ बालक र २७७ बालिका हराएको निवेदन प्रहरीमा परेकोमा प्रेम विवाह गरेर भाग्ने २४३ रहेका छन् । यसैगरी घरायसी समस्या, झै–झगडा र गरिबीका कारण १०१ जना बालकालिका हराएको प्रहरीको तथ्यांकमा उल्लेख छ । एकजना मानव बेचबिखनमा परेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्