विराटनगरस्थित कोसी अस्पतालको आकस्मिक विभाग ४० शै्यामा विस्तार

विराटनगरस्थित कोसी अस्पतालको आकस्मिक विभाग ४० शै्यामा विस्तार

विराटनगर । कोसी अस्पताल विराटनगरको सेवालाई प्रभावकारी बनाउन अस्पतालमा आकस्मिक विभागमा २८ शै्या थप गरिएको छ । प्रदेश १ को ठूलो सरकारी अस्पताललाई सुधार गर्दै सेवालाई थप प्रभावकारी बनाउन थालिएको हो ।

अस्पतालको सेवालाई बिरामीमैत्री बनाउँदै उपचारलाई सहज र अस्पतालमा बिरामीको पहुँच पुर्याउने उदेश्यसहित सेवा विस्तार गर्न सुरु गरिएको छ । अस्पतालको आकस्मिक )इमर्जेन्सी) विभागमा पछिल्लो समय एकैपटक २८ वटा शै्या थपिएको छ । यसअघि १२ वटा मात्रै बेड थिए । अब आकस्मिक विभागको बेड ४० पुगेको छ ।

बिरामीको उपचारलाई प्रभावकारी बनाउन बेड थप गर्दै क्षमता बढाएर सेवा विस्तार गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.ज्ञराज खरेलले जानकारी दिनुभयो । क्षमता विस्तार गरेपछि आकस्मिक विभागबाट बिरामीले सहज उपचार पाउने भएका छन् ।
ठाउँ साँघुरो हुँदा र बेड अभावका कारण यसअघि आकस्मिक कक्ष भद्रगोल हुने गरेको खरेलले बताउनुभयो । अब आकस्मिक विभागमा ‘रेड जोन’, ‘एल्लो जोन’ र ‘ग्रीन जोन’मा विभाजन गरेर बिरामीलाई सेवा प्रदान गर्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्