विराटनगरमा मानसिक स्वास्थ सम्बन्धि गोष्ठी सम्पन्न

विराटनगरमा मानसिक स्वास्थ सम्बन्धि गोष्ठी सम्पन्न

विराटनगर । परिवर्तनका हातहरु नामक संस्थाले एक दिने मानसिक स्वास्थ सम्बन्धि गोष्ठी सम्पन्न गरेको छ ।

गोग्राहा मा. वि. को सभाहलमा आयोजना भएको उक्त कार्यक्रममा विराटनगर महानगरपालिकाकि उप- मेयर शिल्पा निराला कार्कीको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै अन्य अतिथिहरुमा विराटनगर महानगरपालिका वडा नं ४ का अध्यक्ष जितन थापा, वरिष्ठ अधिवक्ता गणेश लुइँटेल , समाजसेवी तथा नेत्री सरस्वती भण्डारी लगायतको विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तिहरुको सहभागीता रहेको थियो ।

केशव भण्डारीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा मनोबिज्ञान बिषयका प्राध्यापक सुजन बिस्ट र कोशी अञ्चल अस्पतालका मानसिक रोग विशेषज्ञ डा. आलोक झाद्वारा मानसिक स्वास्थ अवस्था र त्यसले व्यक्तिको जिवनमा पार्ने सकारात्मक र नकारात्मक असर आदि बारे विद्यार्थीहरुका लागि २ घण्टाको कक्षा संचालन गरिएको थियो ।

करिब ३ घण्टा चलेको उक्त कार्यक्रममा सिटि कलेज, महेन्द्र मोरङ, एभरेस्ट, मोर्डन एरा, भानु, गोग्राहा मा वि लगायत विभिन्न शैक्षिकसंस्थाका विद्यार्थीहरुको उपस्थिति रहेको थियो । मानिसमा बढ्दो मानसिक तनाव र रोग बारे जनचेतना फैलाउने हेतुले उक्त कार्यक्रम गरिएको त्यसै संस्थाका सदस्य बिश्वास न्यौपानेले बताए ।

सो कार्यक्रममा करिब ७० विद्यार्थीहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको उदघोषण दिपक आचार्यले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्