जथाभावी पार्किङ्ग गर्ने सवारी साधनलाई महानगरले जरिवाना तिराउन थाल्यो

जथाभावी पार्किङ्ग गर्ने सवारी साधनलाई महानगरले जरिवाना तिराउन थाल्यो

विराटनगर । आमसर्वसाधरणलाई हिड्नको लागी अवरोध हुनेगरी फुटपाथमा राखिएका सवारी साधनलाई विराटनगर महानगरपालीकाले व्हील लक लगाउदै जरिवाना तिराउन थालेको छ ।

विशेषगरी रोडशेषदेखी बरगाछी सम्मको सडकका फुटपाथहरुमा हिड्डुल गर्न अवरोध हुने तरिकाले राखिएका मोटरसाईकल तथा कारहरुलाई अहिले महानगरले व्हील लक लगाउदै जरिवाना तिराउन थालेको हो ।
विराटनगर महानगरपालीकाका प्रहरी निरीक्षक राजन पौडेलका अनुसार पटक पटक मौखिक र माईकिङ्ग गरेर सम्झाउदा पनि अटेर गरेपछि एक हप्तादेखी यो अभियान थालिएको हो ।


सडकका फुटपाथहरुमा आमसर्वसाधरण हिड्ने ठाँउमा पार्किङ्ग नगराउन हामीले २ बर्षदेखी नै अपिल गरेपनि अटेर गरेका कारण वाध्य भएर व्हील लक नै गर्न वाध्य भयौ प्रहरी निरीक्षक भने,’ अहिले सम्म ४० – ५० वटा मोटरसाईकललाई कारबाही गरिसक्यौ ।’
त्यसैगरी फुटपाथमा अटेरगरी राकिएका आदा दर्जन कारलाई जरिवाना तिराएर कारबाही गरिसकेको पौडेलले बताए ।
महानगरपालीकाले ह्वील लक गरी कार्यलयमा नियन्त्रण गरेर लगेका मोटरसाईकललाई १ हजार कारलाई १५ सय र अन स्पोट भेटिएका मोटरसाईकललाई ५ सय र कारलाई १ हजार आर्थिक ऐन व्यावस्था अनुसार जरिवाना गर्न थालिएको पौडेलले बताए ।


त्यसैगरी अहिले सडक तथा फुटपाथहरु बाधिएका गाईभैसीलाई समेत नियन्त्रणमा लिन थालेको छ । सडकमा जथाभावी छाडिएका घरपालुवा जनवार गाई भैसीका धनीलाई पनि जरिवाना तिराउदै छाड्ने गरेको महानगरपालीले जनाएको छ । महानगरपालीकाले गाईको २ हजार , भैसी तथा गोरु २५ सय र बाख्राको ५ सय जरिवाना तिराउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्