विराटनगरमा १० दिने माईक्रोब्लेडिङ प्रोफेस्नल व्युटिसियन तालिम सम्पन्न

<span class='c1'>विराटनगरमा १० दिने माईक्रोब्लेडिङ</span> <span class='c2'>प्रोफेस्नल व्युटिसियन तालिम सम्पन्न</span>

विराटनगर । व्युटिपालर संचालन गरेर व्यावसाय गर्दै आएका सौन्दर्यकर्मीहरुलाई १० दिने माईक्रोब्लेडिङ प्रोफेनल व्युटिसियन तालिम प्रदान गरिएको छ ।
झापा विर्तामोडमा रहेको युनिक मोर्डन व्युटि एकेडेमी मेकअप स्टुडियोले विराटनगरमा रहेका व्युटिसियनहरुलाई प्रोफेनल क्लासिक माईक्रोब्लेडिङ सम्बन्धी तालिम दिएको हो ।


तालिममा विराटनगर दुहवीबाट सहभागी २० जना व्यावसायिक रुपमा व्युटिपालर तथा सैलुन संचालन गर्दै आएका महिला तथा पुरुषहरुलाई १० दिने माईक्रोब्लेडिङ सम्बन्धी तालिम दिएको हो ।

१० दिने तालिममा माईक्रोब्लेडिङ र माईक्रोसेडिङ प्रोफेसनल मेकअप सम्बन्धी तालिम प्रदान गरिएको युनिक मोर्डन व्युटी एकेडेमी मेकअप स्टुडियोकी संचालिका तथा बरिष्ट व्युटिसियन धनु कन्दङवा ईङ्गनामले जानकारी दिनुभयो । व्युटिसियनलाई अझ उनीहरुको पेशा तथा शिप विकासमा क्षमता अभिवृद्धी होस भन्ने उद्धेस्यका साथ तालिम आयोजना गरिएको ईङ्गनामले बताउनुभयो ।


व्यावसायिक रुपमा व्युटिपालरको लागी थप ज्ञान र सिपले गर्दा अगाडी बढ्न समेत मदत पुग्ने हुदाँ विभिन्न ठाँउहरुमा पुगेर व्यटिसियनहरुलाई तालिम दिदै आएको उहाँले बताउनुभयो । कन्दङवा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नावुन ) की केन्द्रिय सचिव समेत हुन् । तालिम पस्चात सहभागी व्युटिसियनहरुलाई प्रमाणपत्र तथा अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्