हिस्टुन मोरङकाे अध्यक्षमा तुलसी खतिवडा निर्वाचित

<span class='c1'>हिस्टुन मोरङकाे अध्यक्षमा</span> <span class='c2'>तुलसी खतिवडा निर्वाचित</span>

विराटनगर । माध्यमिक विद्यालय शिक्षक युनियन हिस्टुन मोरङको अध्यक्षमा तुलसी खतिवडा निर्वाचित भएका छन् ।

विराटनगरमा शनिबार सम्पन्न पाचौँ जिल्ला अधिवेशनले अध्यक्षमा खतिवडालाई निर्वाचित गरेको हो । खतिवडाको अध्यक्षतामा २८ सदस्यीय समिति गठन गरेको छ ।

साविक उच्च माध्यमिक तह (कक्षा ११ र १२) मा कार्यरत शिक्षकहरूको पेशागत संगठन हिस्टुनको शनिबार सम्पन्न पाचौँ जिल्ला सम्मेलनबाट गठित समितिको उपाध्यक्षमा मनिराज लिम्बू, पर्मिला पोखरेल, सचिव अर्जुन दाहाल, सहसचिव होमप्रसाद न्यौपाने र कोषाध्यक्षमा रमेश भट्टराई चयन
भएका छन् । भने सदस्यहरुमा लक्ष्मी ढुंगेल, शम्भु पोखरेल, सौरभ खत्री, जीवन श्रेष्ठ, उमेश राजवंशी लगायत छन् ।

नवनिर्वाचित समितिलाई हिस्टुनका केन्द्रीय सह-अध्यक्ष योगेन्द्र बस्नेतले पद तथा गोपनियताको सपथग्रहण गराउँदै माध्यमिक तह कक्षा ११ र १२ मा कार्यरत शिक्षकहरूको हकहित तथा व्यवस्थापनमा संगठन मन, वचन र कर्मले लाग्न निर्देशन दिए । सो अवसरमा हिस्टुनका महासचिव टीका न्यौपानेले केन्द्रिय माध्यमिक तहमा कार्यरत शिक्षकहरूको स्थायित्वका लागि केन्द्रीय तहबाट नै विभिन्न अन्तरक्रिया, संवाद गर्दै आन्दोलनका कार्यक्रमहरू तय गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्