मोरङ प्रहरीको सक्रियता गोठमा लुकाई राखेको ३८ केजी गाँजा बरामद

मोरङ प्रहरीको सक्रियता गोठमा लुकाई राखेको ३८ केजी गाँजा बरामद

विराटनगर । इलाका प्रहरी कार्यालय रानी विराटनगरले अवैध गाँजा बरामद गरेको छ ।

मोरङ जहदा गाउँपालिका – ३ ठुलो हातिबन्दाका भुसाराम राजवंशीको घर पछाडि हेरेको कटेरोमा प्लास्टिकले प्याक गरेको ३८ केजी गाँजा इप्रका रानी विराटनगरले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरीले छापा हानेर अवैध गाँजा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीले गाँजा बरामद गरे पनि कारोबारी फरार भएका छन् । राजवंशी कारोबारी रहेको बुझिएको छ । राजवंशीले पहाडी जिल्लाबाट गाँजा मगाउने र स्थानीय युवा र भारत तस्करी गर्ने गरेको विशेष सूचना पाएपछि प्रहरीले छापा हानेर गाँजा बरामद गरेको हो ।

राजवंशीले प्रहरी आएको पत्तो पाएपछि उनी घरमा ताला लगाएर फरार भएका छन् । फरार भएको राजवंशीलाई प्रहरीले खोजी कार्य तीव्र बनाएको छ । यसअघि विराटनगर १४ बाट प्रहरीले ६१ केजी गाँजा बरामद गरेको थियो । बुधवार दिउँसो ११ बजे को २ ह ४६१० नम्बरको सिटीमा तीन वटा बोरामा लोड गरेको ६१ किलोग्राम गाँजा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्