विराटनगरबाट ब्राउनसुगर सहित २ जना पक्राउ

विराटनगरबाट ब्राउनसुगर सहित २ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ ।

आइतबार बिहान करिब १०:३० बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३४ प २६३ नम्बरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका विराटनगर-१२ बस्ने २२ बर्षीय सुहन लिम्बु र मोरङ बेलबारी-११ बस्ने ३१ बर्षीय सिकुम योङहाङको साथबाट २ ग्राम ९४ मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरी नियन्त्रणमा लिईएको हो ।

लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका लिम्बु र योङहाङको घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्