पथरीका महिला स्वास्थ्य स्वयंमसेविकालाई क्यान्सर रोग सम्बन्धी एकदिने प्रशिक्षण

पथरीका महिला स्वास्थ्य स्वयंमसेविकालाई क्यान्सर रोग सम्बन्धी एकदिने प्रशिक्षण

विराटनगर । मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले पथरी शनिश्चरेका महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई क्यान्सर रोग सम्बन्धी एकदिने प्रशिक्षण दिएको छ ।

शुक्रबार पथरी–२ स्थित नगर अस्पतालमा एक कार्यक्रमको आयोजना गर्दै अस्पतालले क्यान्सर रोग सम्बन्धी सचेतना फैलाउन स्वास्थ्य स्वयंमसेविकाहरुलाई प्रशिक्षण दिएको हो । कार्यक्रममा क्यान्सर रोगको पहिचान, प्रकार, जोखिमको अवस्था, उपचार पद्धति र रोकथामका उपाय बारे प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रममा पथरी शनिश्चरेका १० जना महिला स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । विराट मेडिकल कलेजकी क्यान्सर रोग बिशेषज्ञ डाक्टर अस्मिता रायमाझीले उनीहरुलाई प्रशिक्षण दिएकी थिईन् । विगतमा पहिचान र साधनश्रोतको अभावका कारण क्यान्सर रोगलाई जटिल रोगको रुपमा परिभाषित गरिदै आईएको थियो । तर, हाल क्यान्सरको सफल उपचार सम्भव भएपनि रोग पहिचानको अभावमा जोखिम कायमै रहेको उनीले बताईन् । समाजमा रोगको पहिचान र उपचारका साथसाथै सचेतना पनि उत्तिकै आवश्यक रहेको उनीले जिकिर गरिन् ।

कार्यक्रममा क्यान्सर प्राणघातक रोग नरहेको भन्दै क्यान्सर रोग जितिसकेका दुईजनाले आफ्नो अनुभव समेत सुनाए । उनीहरुले क्यान्सर जीवनको अन्त्य नभएको भन्दै रोगबाट डराउनुपर्ने कुनै आवश्यकता नरहेको बताए ।

कार्यक्रममा महिला स्वास्थ्य स्वयंमसेविकालाई महिलाहरुलाई हुने स्तन क्यान्सर र पाठेघरको क्यान्सर सम्बन्धि बिशेष सचेतना प्रदान गरिएको थियो । रोगको पहिचानका साथै आम सर्वसाधारणलाई समयमै अस्पताल आउन प्रेरित गराउन कार्यक्रमले समेत बिशेष भुमिका खेलेको सहभागी स्वास्थ्य स्वयंमसेविकाहरुले बताए ।

विगतमा रोग पहिचानको अभावमा क्यान्सरलाई प्राणघातक रोगको रुपमा परिभाषित गरिएपनि पछिल्लो समय भने सरकारले दिने सहुलियतका कारण उपचारमा जनताको पहुँच बढ्दै गएको छ । अबकोे केही समयमै क्यान्सर रोगको सम्पुर्ण उपचार सेवा बुढीगंगास्थित विराट मेडिकल कलेजबाट पनि सुुरु हुने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्