प्रदेश १ : ‘थरुवट प्रदेश’ नामकरणको माग गर्दै सभामुखलाई ज्ञापन–पत्र

प्रदेश १ : ‘थरुवट प्रदेश’ नामकरणको माग गर्दै सभामुखलाई ज्ञापन–पत्र

विराटनगर । ‘थरुवट प्रदेश’ नामकरणको माग गर्दै थारु कल्याणकारिणी सभाले प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीलाई ज्ञापन–पत्र बुझाएको छ ।

सभाको मोरङ, सुनसरी, झापा र उदयपुर जिल्ला समितिले संंयुक्त रुपमा आईतबार सभामुख भण्डारीलाई ज्ञापन–पत्र बुझाएको हो । सभामुखलाई ज्ञापन–पत्र बुझाउँदै सभाका सुनसरी जिल्ला अध्यक्ष सुरेन्द्रकुमार चौधरीले नेपालको अन्तरिम संविधान, २०६३ जारी भएपश्चात समानुपातिक, सहभागितामुलक लोकतन्त्रको अभ्यासलाई मुलुकले अङ्गिकार गरेपनि थारु समुदायको मागलाई सँधैं उपेक्षा गरिएको बताए । उनले भने, ‘थारु समुदायले आफ्नो माग सम्बोधन गराउनका निम्त्ति विभिन्न कालखण्डमा विभिन्न आन्दोलनहरु गरेको छ । आन्दोलन पश्चात विभिन्न सम्झौताहरु समेत भएका छन् । तर, हाम्रो मागलाई अझै पुरा भएको छैन् ।’

पहिचानको बिषयमा विगतका समयदेखि नै थारु समुदायमाथि सरकारले विश्वासघात गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । विगतमा नेपाल सरकार र थारु संयुक्त संघर्ष समितिबिच भएको सम्झौताको आधारमा प्रदेश १ को नाम ‘थरुहट प्रदेश’ राख्नुपर्ने जारी विज्ञप्ति मार्फत् माग गरिएको छ ।

थारु कल्याणकारिणी सभाद्वारा बुझाईएको ज्ञापन–पत्र ग्रहण गर्दै सभामुख प्रदीपकुुमार भण्डारीले नामकरणको बिषयमा हुने सर्वदलीय छलफलमा सो बिषयलाई समेत सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्