विराटनगरमा कमेडी यात्रा २०७९ भोलि हुने

विराटनगरमा कमेडी यात्रा २०७९ भोलि हुने

विराटनगर । विराटनगर जेसिजको आयोजनामा कमेडी यात्रा २०७९ हुने भएको छ ।

विराटनगरको होटल मनास्लु इन बरगाछीमा साउन २३ गते बेलुकी ५ बजे देखि सुरु हुने कार्यक्रममा देशका नाम चलेका कलाकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ । जितु नेपाल सुमन कार्की , जोगिन्दर पानवाला , सुरेन्द्र केसि , मिलन नेवार ,निरज नेपाल लगायतको सहभागिता रहने छ ।

यसको मुख्य प्रायोजक गोल्डेन ओक रहेको विराटनगर जेसिजका अध्यक्ष देवचन्द्र घिमिरेले जानकारी दिए । रु.३०० , रु.५०० र रु.१००० टिकटको व्यवस्था रहेको र आयोजना हुने स्थलमै पनि टिकट लिन सकिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्