विराटनगरमा “चौथो ईण्डो नेपाल रोलर स्क्याटिङ्ग च्याम्पियनसिप २०२२”प्रतियोगिता

विराटनगरमा “चौथो ईण्डो नेपाल रोलर स्क्याटिङ्ग च्याम्पियनसिप २०२२”प्रतियोगिता

विराटनगर । विद्यार्थीहरुलाई पढाईका अलवा खेलकुद क्षेत्रमा सहभागिता जनाउनको लागी विराटनगरमा “चौथो ईण्डो नेपाल रोलर स्क्याटिङ्ग च्याम्पियनसिप २०२२” भएको छ ।


नेपाल रोलर स्केट्स संघ मोरङको आयोजना तथा र हेरिटेज ईन्टरनेशनल स्कुल विराटनगरको समन्वयमा “चौथो ईण्डो नेपाल रोलर स्क्याटिङ्ग” प्रतियोगिता भएको हो । विराटनगर ५ स्थित हेरिटेज ईन्टरनेशल स्कुलको प्राङगणमा शनिबार भएको स्क्याटिङ प्रतियोगितामा नेपाल र भारतका गरी ६० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी हुन आएका विद्यार्थी खेलाडीहरुलाई भव्य रुपमा फुलमालाले स्वागत गरिएको थियो ।


कार्यक्रममा प्रमुख अतिथी नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष पर्शुराम बस्नेतले खेल क्षेत्रमा विद्यार्थीहरुलाई सहभागिता गराउनु राम्रो पक्ष भएको बताए । प्रतियोगिता आयोजना गर्नको लागी हेरिटेज स्कुलले स्थान दिएर महत्वपुर्ण भुमिका खेलेको स्कुल प्रति बस्नेतले आभार प्रकट गरे ।
प्रतियोगितामा भारतको तामिललाडु, हरियाना, पन्जाव, गुजरात , दिल्ली यता काठमान्डौ विराटनगरका समेत विद्यार्थीहरुको प्रतियागितामा सहभागिता रहेको हेरिटेच ईन्टरनेशनल स्कुलका चियरपर्सन अरुण राठीले बताए । यस्ता खालका मैत्रिपुर्ण खेलहरुले नेपाल र भारतका विद्यार्थीहरु विचको आपसी सदभाव भाइचारा कायम हुने राठीले बताए ।


कार्यक्रममा सहभागी भएका विद्यार्थीका अभिभावक स्याम कृष्ण बास्कोटाले विगत ३ बर्षदेखी आफ्ना बच्चाले पनि प्रतियोगितामा सहभागिता जनाई रहेको बताए । आफ्ना बालबाच्चाहरुलाई यसरी खेलहरु सहभागिता जनाउदा पढाईसँगै उनीहरुको बौद्धिक क्षमता पनि अभिवृद्धी हुने बास्कोटाले बताए ।


यता पहिलो पटक नेपाल आएका महाराष्ट्र कोलापुरका कोच अभिषेक यादवले नेपालीहरुको राम्रो व्यावहार मिठो बोली बचन र भव्य रुपमा गरिएको स्वागतले धेरै खुशी महशुस भएको बताए । फेरी पनि नेपाल आउने बातावरण मिलोस, भन्ने कामना गर्दै स्कुलले प्रतियोगिता गराउने ठाँउ थिएको प्रति आभार प्रकट गरे ।
यता हेरिटज इन्टरनेशनल स्कुलकी डाईरेक्टर भर्निका राठी अबोको दिनमा बालबच्चाहरुलाई पढाई मात्रै हैन पढाईका अलवा अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउनुपर्छ । जसले गर्दा बालबच्चाहरुको बौद्धिक क्षमतामा पनि ठुलो मदत पुग्ने राठीले बताईन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्