घाँस काटेको विषयमा झगाडा, घाईते महिलाको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु

घाँस काटेको विषयमा झगाडा, घाईते महिलाको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका – ३ मा छिमेकी महिला विच झगडा हुदाँ घाईते भएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २६ बर्षिया चन्नरदेवी राय रहेकी छन् । गत साउन १३ गते छिमेकी महिला संगिता कुमारी रायसँग झगडा भएको थियो ।

संगिताले चन्नरदेवी रायलाई शरिरको विभिन्न अङ्गहरुमा निर्घात कुटपिट गरी घाईते बनाएकी थिईन् । घाईते रायको उपचारको क्रममा नौ दिनपछि कोसी अस्पताल विराटनगरमा आइतबार विहान मृत्यु भएको थियो । मृतक चन्नरदेवीलाई छिमेकी सङ्गीता र उनका परिवारले घाँस काटेको विषयलाई लिएर निर्घात कुटपिट गरेको मृतकका श्रीमान् सकलदिप रायले आवर विराटनगरलाई जानकारी दिए ।

कुटपिटबाट घाइते भएकी श्रीमतीलाई शनिबार रातीदेखी साहे भयो श्रीमान् सकलदिपले भने,‘हामीले आईतबार विहान अस्पताल ल्यायौ, अस्पतालमा भर्ना भएको केही समयपछी श्रीमतीले ज्यान गुमाउन पुगिन ।
‘छिमेकीहरूले श्रीमतीलाई शरीरको विभिन्न भागमा कुटपिट मात्र गरेर योनिमा पनि हात हालेर आक्रमण गरेका रहेछन् । अस्पताल पु¥याउँदासम्म यौनिबाट रगत बगिरहेको थियो मृतकका आफन्तले सुनाए । कुटपिटको विषयमा छिमेकमा नै जनप्रतिनिधीहरु मिलेर मिलाउन खोजे पनि पिडितका आफन्त मानेका थिएनन् । घाईते महिलालाई दुई चोटी अस्पताल ल्याइएको थियो । तर दोस्रो पटक अस्पताल ल्याउदा उनको मृत्यु भएको थियो ।
मृतक महिलाको शव पोष्टमार्टमको लागी कोशी अस्पतालको शवगृहमा राखिएको छ । मृतकका आफन्तले छिमेकी संगिता कुमारी राय विरुद्ध कर्तव्य ज्यान मुद्धामा ईलाका प्रहरी कार्यालय दुहवीमा जाहेरी दिएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्