ओवी अपडेट समाचार : महिलाको गुप्ताङ्गमा कुटपिट गर्ने महिला पक्राउ

ओवी अपडेट समाचार :  महिलाको  गुप्ताङ्गमा कुटपिट गर्ने महिला पक्राउ

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका – ३ की संगिता कुमारी रायलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । गत साउन १३ गते छिमेकी चन्नरदेवी रायलाई शरिरको विभिन्न अङ्गहरुमा निर्घात कुटपिट गरी घाईते बनाएकी थिईन् । घाईते रायको उपचारको क्रममा नौ दिनपछि कोसी अस्पताल विराटनगरमा आइतबार विहान मृत्यु भएको थियो ।

छिमेकी चन्नरदेवीको उपचारको क्रममा मृत्यु भएपछि संगितालाई आईतबार बेलुकी पक्राउ गरी अनुसन्धान थालिएको सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले आवर विराटनगरलाई जानकारी दिए । मृतक चन्नरदेवीलाई छिमेकी सङ्गीताले घाँस काटेको विषयलाई लिएर निर्घात कुटपिट गरेको भेटियो एसपी ढकालले भने,’ मृतकका श्रीमान् सकलदिप रायले कर्तव्य ज्यान मुद्धामा उजुरी दिएका छन्, यसको अनुसन्धान अगाडी बढाई सकेकाछौं ।’

‘संगिताले श्रीमतीलाई शरीरको गुप्ताङ्गमा हात घुसाएर घाईते बनाएका कारण अत्याधिक रगत बगेर श्रीमतीको मृत्युभएको श्रीमान सकलदिप रायले बताए । संगिता र उनका परिवारले भाटा, लट्ठीले हिर्काउदै घरभित्र लगेर श्रीमतीको पिसाब फेर्न अङ्गमा समेत हात घुसाएर घाईते बनाएको रायले बताए । मृतक रायको कोशी अस्पतालमा सोमबार पोष्टमार्टम गरी नमुना संकलन गरी फरेन्सीक चेकअपको लागी पठाइएको छ । यता मृतकका आफन्तले शव बझ्न भने मानिहेका छैनन् । घटनामा अरु दोषीलाई पनि पक्राउ गरी कारबाही गरिनुपर्ने माग राख्दै उनीहरु कोशी अस्पतालमा बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्