गेटवेल हस्पिटलको कटहरीमा नि:शुल्क स्वास्थ्य शिविर, २ सय बढीले सेवा लिए

गेटवेल हस्पिटलको कटहरीमा नि:शुल्क स्वास्थ्य शिविर, २ सय बढीले सेवा लिए

विराटनगर । विराटनगर ७ रगेंली रोडमा रहेको गेटवेल हस्पिटलले कटहरीमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको ।

राजवंशी समाज विकास गाँउ इकाइ समिति कटहरी २ को आयोजना तथा गेटवेल हस्पिटलको प्राविधिक सहयोगमा संचालन भएको शिविरमा २ सय ५० बढीले सेवा लिएको राजवंशी इकाई समितिका अध्यक्ष सुभाष चन्द्र राजवशीले जानकारी दिए ।  शिविरमा सर्जन, फिजिसियन साथै स्त्री तथा प्रसुती रोग सम्बन्धि सेवा प्रदान गरिएको बरिष्ट सर्जन डाक्टर सरोज राजवंशीले जानकारी दिए ।

शिविरमा डाक्टर राजवंशी, बरिष्ठ फिजिसियन डाक्टर अमरेन्द्र कुमार शाह , हाडजोर्नी विशेषज्ञ राम कुमार यादव, बरिष्ठ रेडियोलोजिष्ट राजेन्द्र चौधरी , स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर तुलसी महतो, डाक्टर आकाश शाह, लगायतले सेवा दिएका थिए ।
शिविरमा गेटवेल हस्पिटलको फार्मेसीले निशुल्क औषधी समेत वितरण गरेको थियो अस्पतालका मार्केटिङ्ग अफिसर मनोज राजवशीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्