विराटनगरको केशलिया व्युटिफिकेसन सहित कोरिडोर निर्माण कार्यको सुरुवात गरिने

विराटनगरको केशलिया व्युटिफिकेसन सहित कोरिडोर निर्माण कार्यको सुरुवात गरिने

विराटनगर । केन्द्र र प्रदेश सरकारले बजेट विनियोजन गरेसँगै केशलिया व्युटिफिकेसन सहित कोरिडोर निर्माण कार्यको सुरुवात भएको छ । मंगलबार विराटनगरमा आयोजित बुढी तथा केशलिया नदी कोरिडोर तथा संरक्षण योजनाका संर्दभमा छलफल तथा अभिमुखीकरण कार्यक्रममा कोरिडोर निर्माणका लागि विज्ञहरूले प्रस्तुति दिएका हुन् ।

नदीक्षेत्रमा गएर गरिएको अनुसन्धानबाट कोरिडोर निर्माण गर्दाका हुने फाइदा र चुनौतीका बारेमा अवगत गराएका छन् । विज्ञहरू डा. महेन्द्र सुब्बा, प्रशान्त मल्ल तथा जेनी श्रेष्ठले दिगो विकासको अवधारणा अन्तरगत आयोजना सञ्चालन गर्न सकिने बताएका छन् । नदीबाटै नागरिकको आर्थिक अवस्थालाई चलायमान बनाउनका साथै नदी शौन्दर्यकरणका लागि आयोजना सञ्चालन गरिने प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले बताए ।

कार्यक्रमको अध्यक्ष समेत रहेका मन्त्री कार्कीले वृहत् विराट क्षेत्रको अवधारणा अनुसार कार्यान्वयन हुने गरी केशलिया कोरिडोर निर्माण गरिने बताएका छन् । केशलिया नदीलाइ सौन्दर्यीकरण गर्ने अभियानले विकासको नयाँ स्वरूप देखाउने मन्त्रीकार्की बत्ताउँछन् । ‘हामीले विराटनगरमा नयाँयोजनागर्दै छौँ भने आसपासकापालिका र स्थानीयतहपनि समेट्न’ पर्दछ । त्यो विकासको मोडालिटि विकेन्द्रित हुन्छ । मन्त्रीकार्कीले भने, स्थानीयतहको समेत सहभागितामा कोरिडोरको निर्माण थालिने छ ।

कार्यक्रमका प्रमुख अतिथिप्रदेश १ का आर्थिक मामिलातथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले परियोजनालाई सम्पन्नबनाउनप्रदेश सरकार लागि पर्ने बताए । अघिल्लो सरकार हुँदै आयोजना निर्माणको कार्य थालजि गरिने बताएको भए पनि अस्थिरताका कारण सुरु हुननसकेको उनको भनाई छ ।

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष पूर्ण लोक्सम, प्रदेश सचिव, विराटनगर महानगरका मेयर नागेश कोइराला, सुनसरी तथा मोरङका स्थानीयतहकाप्रमुखतथाप्रतिनिधि, प्रमुखजिल्लाअधिकारी लगाएर सरोकारवाल निकायका प्रमुखका प्रतिनिधिको सहभागिता रहेको थियो ।

आर्थिक वर्ष(२०७९–८०)को बजेटमा सहरी नदी कोरिडोर कार्यक्रमअन्तरगत सङ्घीय तथाप्रदेश सरकारले बजेटको विनियोजन गरेपछि केशलिया कोरिडोर निर्माणको प्रक्रिया थालिएको हो । केशलिया मोरङको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका तथा सुनसरीको दुहबी नगरपालिका, बर्जू गाउँपालिका सीमा क्षेत्र भएर बग्ने नदी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्