मोरङ प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाईदिने भन्दै पैसा असुल गर्ने महिला पक्राउ

मोरङ प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाईदिने भन्दै पैसा असुल गर्ने महिला पक्राउ

विराटनगर । जिल्ला प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई पैसा लिएर छुटाईदिन्छु भन्ने एक महिलालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीको कविलासपुर नगरपालिका–९ की ३० वर्षीया प्रमिला यादवलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
नक्कली युरेनियम प्रकरणमा विराटनगरबाट पक्राउ परेका मकवानपुर बागमती गाउँपालिका–५ का ३६ वर्षीय दीपकबहादुर भ्लोनकी पत्नीसँग ७५ हजार रूपैयाँ लिएको पाइएपछि प्रमिलालाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ परेकी प्रमिलाविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाउन गत शुक्रबार ५ दिनका लागी म्याद थप गरेर अनुसन्धानको भईरहेको डिएसपी श्रेष्ठको भनाई छ । मोरङ प्रहरीले नक्कली युरेनियम प्रकरणमा १५ जनालाई पक्राउ गरेको थियो। युरेनियम भनेर बिक्रीको तयारी गर्दैगर्दा साउन १ गते विराटनगर–९ ट्राफिक चोकबाट उक्त वस्तु एक किलो ८७.३ ग्रामसहित आठ जना पक्राउ परेका थिए। विराटनगर महानगरपालिका–३ दूधफारम नजिकबाट साउन ३ गते नौ सय ७८.६ ग्रामसहित सात जना पक्राउ परेका थिए । १५ जनाविरुद्ध नै प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको थियो। उनीहरु जिल्ला प्रशासन कार्यालय मोरङको आदेश अनुसार धरौटीवापतको रकम बुझाएर गत शुक्रबार नै छुटिसकेका छन् ।

विराटनगरबाट बरामद गरिएको वस्तु भने नक्कली भएको खानी तथा भूगर्भ विभागले युरेनियम नभएको पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्