सलकपुर बन डिभिजनको अवैध काठ कटान : विरोध गर्दा मधेश प्रदेश सरुवा

सलकपुर बन डिभिजनको अवैध काठ कटान : विरोध गर्दा मधेश प्रदेश सरुवा

विराटनगर । मोरङको सलकपुर सब-डिभिजन वन कार्यालयले अवैध रुपमा मापदण्ड विपरित रुख कटान गर्ने गरेको पाईएको छ ।

कार्यालय प्रमुख सहितका वन कमाण्डरको मिलेमत्तोमा अवैध रुपमा वनको काठ कटान हुने गरेको रहस्य बाहिरिएको हो । सरकारी मापदण्ड विपरित तोकेको भन्दा बढी रुख काटिदै आएको सशस्त्र वन रक्षक प्रेम बिष्टले बताएका छन् । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले सो बिषयको खुलासा गरेका हुन् । उनले विरोध गर्दा नियम विपरित नियोजित रुपमा आफ्नो सरुवा समेत गरिएको बताए । ‘सलकपुर वन सब-डिभिजन मातहत रहेको सामुदायिक वनभित्र अनुमति पाएको भन्दा हजारौं क्यु फिट काठ वनका कर्मचारी र उपभोक्ता समितिको मिलेमतोमा कटान गरिदै आएको छ,’ उनले भने, ‘मैले भिडियो बनाएर अनियमितताको विरोध गर्दा नियम विपरित करारको कर्मचारीलाई मधेश प्रदेशको सर्लाहीस्थित शम्भुनाथ वन परियोजनामा सरुवा गरियो ।’

वन कमाण्डर कुमारबहादुर बस्नेतको योजनामा सामुदायिक वनभित्र अनुमति पाएको भन्दा बढी रुख कटान गरी उपभोक्ता समितिसँगको मिलेमतोमा खरिद बिक्री हुने गरेको पत्रकार सम्मेलनमा बिष्टले बताए । वन कमान्डर बस्नेत अवकाश प्राप्त पूर्व नेपाली सेना हुन् । उनी २०७१ सालको मंसिरदेखि करारमा वन कार्यालयमा सशस्त्र वन रक्षकका रूपमा कार्यरत छन् ।

सलकपुर सब-डिभिजनमा भएको काठ अनियमितताको छानबिन गर्न २०७८ माघ ३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन सुरु गरेको थियो । अख्तियारले छानबिन सुरु गरेपछि वनभित्र भएको घोटालाको विषयमा सबै बोलिदिने र प्रमाणहरू दिने भएकोले माघ २ गतेकै मितिमा कार्यालयले बिष्टको सरुवा गरेको छ ।

बिष्ट विगत ३३ वर्षदेखि सर्प संरक्षकको रुपमा कार्य गर्दै आएका छन् । हालसम्म उनले ५ पाँच हजारभन्दा बढी सर्पको उद्वार गरिसकेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्