भदौ २२ देखि विराटनगरमा विद्यालय नाटक महोत्सव

<span class='c1'>भदौ २२ देखि विराटनगरमा</span> <span class='c2'>विद्यालय नाटक महोत्सव</span>

विराटनगर । विराटनगरमा आगामी महिना विद्यालय नाटक महोत्सव हुने भएको छ ।

आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त महोत्सवमा १० नाटक मञ्चन गरिनेछ । विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथा आयोजकको एउटा नाटक मञ्चन गरिने अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए । पाठ्यक्रममा समावेश वा शिक्षक/विद्यार्थीले लेखेका १ घण्टा अवधिका नाटक शिक्षक/विद्यार्थीले नै निर्देशन गरेर महोत्सवमा मञ्चन गरिनेछ । जसमा अभिनय गर्ने कलाकार पनि उहि विद्यालयमा अध्ययन गरिरहेको विद्यार्थी हुनुपर्नेछ । नाटक तयार पार्न सहजिकरण र प्राविधिक सहयोग आरोहण गुरुकुलले गर्ने अध्यक्ष क्षेत्रीले बताए ।

इच्छुक विद्यालयले आगामी भदौ ५ गतेसम्ममा आरोहणसँग सम्पर्क गर्नुपर्नेछ वा आरोहणले उसको वेबसाइट अथवा सामाजिक सञ्जालमा उपलब्ध गराएको फारम भरेर विद्यालयले सहभागिताका लागि आवेदन दिन सक्नेछन् । महोत्सवले विद्यालय, विद्यार्थी र रङ्गमञ्चलाई जोड्ने आयोजकले अपेक्षा गरेको छ । गुरुकुलले यसअघि ०७६ सालमा विद्यालय नाटक महोत्सव पहिलो पटक आयोजना गरेको थियो । त्यसयता कोरोना महामारीले आयोजना हुन सकेको थिएन । १० दिनको महोत्सव अवधिभर २ हजार भन्दा धेरै विद्यार्थीको प्रत्यक्ष/अप्रत्यक्ष सहभागिता हुने अपेक्षा गरिएको छ ।

फारम भर्नका लागि पोष्टरको क्यूआर कोड स्क्यान गर्नुहोला वा यो लिंकमा क्लिक गर्नुहोला :

https://docs.google.com/forms/d/1l3MgTskBRDgulWDCiprb_0YyKOhI_DN9fqeJDIObjfM/viewform?edit_requested=true&fbclid=IwAR2BRCdI7Ahcsm_EPO0TdmynSCq9J8rTvVvTavdqZ0bwVn17ga9jgFvFgrI

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्