आर्या हस्पिटलमा बालिकाको ८ सेन्टिमिटर ट्युमरको सफल शल्यक्रिया

आर्या हस्पिटलमा बालिकाको ८ सेन्टिमिटर ट्युमरको सफल शल्यक्रिया

विराटनगर । विराटनगर – ३ कंन्चनबारीमा रहेको आर्या न्युरो हस्पिटलमा ६ वर्षीया बालिकाको मेरुदण्ड (स्पाइनल कर्ड) मा भएको ट्युमरको सफल शल्यक्रिया भएको छ ।

धनुषाको जनकपुर घर भएकी ६ वर्षीय बालिका प्रतिज्ञा कुमारी मण्डलको स्पाइनल कर्डमा भएको ट्युमरको सफल शल्यक्रिया भएपछि बुधवार डिस्चार्ज भएको हो । स्पाइनल कर्डमा ट्युमर भएको कारणले प्रतिज्ञा हिँडडुल गर्न नसक्ने भएर थला परेकी मात्र नभएर उनको पिसाब नियन्त्रण बाहिर गएको थियो ।

प्रतिज्ञाका आमा राम दुलारी मण्डलले छोरीको उपचारको लागि जनकपुरसहित प्रदेश १ का विभिन्न अस्पतालहरूमा लिएर गइन् । तर, उपचार हुन नसकेपछि उनलाई आर्या न्युरो हस्पिटलमा लिएर आएका थिए । १ साउनमा आर्या न्युरो हस्पिटल आएका प्रतिज्ञाको ३ साउनमा शल्यक्रिया गरेर स्पाइनल कर्डमा भएको ८ सेन्टिमिटरको लामो ट्युमर शल्यक्रिया गरी निकालिएको थियो ।

आर्या न्युरो अस्पतालका वरिष्ठ न्युरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकजराज नेपालको टिमले प्रतिज्ञाको सफल शल्यक्रिया गरी बचाएको हो । ‘बालबालिकाहरूको स्पाइनल कर्डमा देखिने यस्ता ट्युमरको शल्यक्रिया धेरै जोखिम हुने गरेको छ,’ डा. नेपालले भने, ‘ च्यालेन्जिङ्ग सर्जरी गरेर हामीले स्पाइनल कर्डमा भएको ट्युमर निकालेका छौँ ।’

७ वटा मेरुदण्डको हड्डीको पछाडि ट्युमर रहेको थियो । यसलाई स्पाइनल कर्ड भन्छिन् । ‘दिमागबाट आएको नशालाई ट्युमरले समातेको थियो ।
मेरुदण्डमा ट्युमर देखिएको बिरामीको चाँडै उपचार गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । २५ दिनको उपचारपछि प्रतिज्ञालाई डिस्चार्ज दिएको छ । अहिले उनी आफै हिँडडुल गर्न सक्ने भएकी छिन् । हस्पिटलका चिकित्सक सफल उपचार गरेर पुनः जन्म दिएको प्रतिज्ञाको आमा राम दुलारी मण्डलले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्