विराटनगरको जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर आफ्नै भवनमा

विराटनगरको जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर आफ्नै भवनमा

विराटनगर । विराटनगर १३ मलायरोड (साल्ट टेडिङ्ग) स्थित जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटल आफ्नै भवनमा सञ्चालनमा आएको छ ।

नयाँ भवनको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले बुधबार उद्घाटन गरेपछि संचालनमा आएको हो । तीन कट्ठा क्षेत्रफलमा १५ करोड भन्दा बढी लगानीमा प्रारम्भिक चरणमा १५ शैय्याको अस्पताल सञ्चालन आएको जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर प्रालिका अध्यक्ष जय प्रकाश रायले बताए । ‘विशेषज्ञ सेवासहित आफ्नै भवनमा हस्पिटल सञ्चालनमा आएको छ ,’ अध्यक्ष रायले भने, ‘केही दिन भित्रमा २५ शैय्याको अस्पताल विस्तार गर्दै क्रमिक रूपमा शैय्या थप गर्दै लैजाने योजना रहेको छ ।’

यसअघि जनरल हस्पिटल विराटनगर ९ घोघापुलचौकमा भाडामा रहेको थियो । आफ्नै भवनमा हस्पिटल सञ्चालनमा आएपछि विशिष्टीकृत सेवा प्रदान गर्ने अध्यक्ष रायले बताए । हस्पिटलमा आइसियू, एनआइसियू, भेन्टिलेटर, इन्डोस्कोपी, इसिजी, एक्सरे, अल्ट्रासाउण्ड पनि नयाँ भवनबाट सुरू हुने उनले बताए । कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख कोइरालाले विराटनगरको दक्षिण क्षेत्रमा खुलेको हस्पिटलले यस क्षेत्रको उपचारमा सहयोग पुग्ने बताए । उनले गुणस्तरीय स्वास्थ्य उपचार प्रदान गरेर विरामीको मन जित्नुपर्ने बताए ।

अस्पतालमा बाल रोग विशेषज्ञ डा. फरेन्द्र साह, वरिष्ठ फिजिसियन डा. सच्दिानन्द दास, वरिष्ठ जनरल तथा ल्यप्रोस्कोपी सर्जन डा. क्षितिज गिरी, फिँजियो थेरापिस्ट डा. मो. जावेद पि.टि., अर्थोपेटिक सर्जन डा. मिलन केसी, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तुलसी महतोलगायतले सेवा दिनेछन् । डा. फरेन्द्र साह अस्पतालका मेडिकल डाइरेक्टर पनि हुन् ।

आफ्नै भवनमा सञ्चालनमा आएको हस्पिटलमा एक सय भन्दा बढीले रोजगारी पाउनेछन् । हस्पिटल आफ्नै भवनमा सञ्चालनमा आएको अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको अध्यक्ष रायले जानकारी दिए । खुल्ला रक्तदान कार्यक्रममा हस्पिटलका कर्मचारी तथा सर्वसाधारणले रक्तदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्