विराटनगर इन्टरनेसनल कलेजकि कृपाले पाइन् छात्रवृत्ति, बेलायतको एमबीए पढ्न साथै रोजगारीको अवसर

विराटनगर इन्टरनेसनल कलेजकि कृपाले पाइन् छात्रवृत्ति, बेलायतको एमबीए पढ्न साथै रोजगारीको अवसर

विराटनगर-५ भृकुटी मार्गस्थित विराटनगर इन्टरनेसनल कलेजकि छात्रा कृपा श्रेष्ठले आइएनजी छात्रवृत्ति २०२२ पाउन सफल भएकी छिन । बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (बिआइबिएम) कि छात्रा कृपाले कलेजको दिक्षान्त समारोहबीच उक्त छात्रवृत्ति पाएकी थिईन ।

व्लभरह्याम्टन विश्वविद्यालयका प्रो-उपकुलपति टिम स्टिल र आइएनजी ग्रुपका अध्यक्ष सुलभ वुढाथोकीले उक्त छात्रवृत्ति अवार्ड प्रदान गरेका थिए । यस्तै, उपकुलपति उत्कृष्ट ग्राजुएट अवार्डबाट कलेजका रोनक अग्रवाललाई सम्मानित गरिएको थियो ।

छात्रवृत्ति अन्तर्गत श्रेष्ठले आइएनजी ग्रुप अन्तर्गतकै हेराल्ड कलेज काठमाडौंमा निशुल्करुपमा एमबिए डिग्री पढ्न पाउने साथै आइएनजी ग्रुप कै कम्पनीमा रोजगारीको अवसर समेत पाउने कलेजका प्रमख कार्यकारी डा ऋषिकेश वाग्लेले बताए । साथै, हरेक बर्ष उत्कृट हुने बिद्यार्थीहरुले हरेक बर्ष उक्त छात्रवृत्ति पाउने पनि उनले जानकारी दिए ।

विराटनगर इन्टरनेशनल कलेजमा बिगत ८ वर्षदेखि इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (बिआइबिएम) र बिगत २ बर्ष देखि इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजले विदेश नै गएर ठुलो लगानीमा अन्तरास्ट्रिय शिक्षा लिनुपर्ने बाध्यतालाई चिर्दै नेपालमै बेलायतका कोर्ष सर्वसुलभ खर्चमा पढाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्