सुजाता कोइरालाले मोरङ-२ बाट उम्मेदवार दिने

सुजाता कोइरालाले मोरङ-२ बाट उम्मेदवार दिने

विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङ-२ बाट उम्मेदवार हुने बताएकी छन् ।

भारत भ्रमणमा रहेकी कोइरालाले आफ्ना पिता गिरिजाप्रसाद कोइरालाले जीवनको उर्वर समय उक्त क्षेत्रमा लगाएको बताउँदै भनिन्, 'म गत पटक चुप लागें, किनभने विरामी भएकाले डा. मीनेन्द्र रिजाललाई उठ्नुस भनेर मैले नै भनेको हुँ तर, यसपटक म आफै उठ्छु ।' कोइरालाले पछिल्लो समय उक्त क्षेत्रमा आफ्ना गतिविधि बढाएको देखिन्छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले समेत सुजातालाई नै 'लाइन' दिएको दावी गरिएको छ ।

देउवाको सम्वन्ध डा. रिजालसित राम्रो छैन र, उनले पार्टीमा समेत केन्द्रीय सदस्य मनोनीत गरेनन् । 'क्षेत्र नं. २ संग मेरो भावनात्मक सम्बन्ध जोडिएको छ, यो क्षेत्रको विकाश नै मेरो जिन्दगीको लक्ष्य हो' कोइरालाले भनिन । कोइराला यसअघि संविधानसभाको निर्वाचनमा सुनसरीबाट उम्मेदवार भएर उपेन्द्र यादवसित हारेकी थिइन । उनी त्यसपछि २ पटक समानुपातिक सांसद भइन ।

२ पटक समानुपातिक सांसद भएपछि उनी यसपटक त्यसैमा दोहोरिन पाउँदिनन् । त्यसैले कोइरालाले मोरङ-२ मा गतिविधि बढाएको उनी निकट सूत्रले बताएका छन् । कोइरालाको सक्रियताबारे सांसद डा. रिजालले कुनै प्रतिक्रिया दिएका छैनन् । यो समाचार आजको न्यू सृष्टि दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्