विराटनगरको ‘स्काइ लाउञ्ज’को स्वीमिङ्ग पुलमा शनिबार पुल पार्टी हुँदै

विराटनगरको ‘स्काइ लाउञ्ज’को स्वीमिङ्ग पुलमा शनिबार पुल पार्टी हुँदै

विराटनगर । विराटनगर ७ हाटखोला स्थित आर के सिटी सेन्टरकमा साउन २८ शनिबार पुल पार्टी हुदैछ । आरके सिटी सेन्टरको सातौँ तल्लाको स्काई लाउन्ज एण्ड ग्रिलको स्वीमिङ्ग पुलमा डिजे पुल पार्टी हुने भएको हो ।


पुलपार्टीमा चर्चित डिजे केडीको साथमा ¥यापर परितोष र गायक त्रिलोक एण्ड व्याण्डको साङ्गीतिक प्रस्तुति रहने आरके सिटी सेन्टरका व्यवस्थापक प्रमुख संजिव गजमेरले जानकारी दिए । कोभिड १९ सङ्क्रमण फैलिएपछि विराटनगरमा पुल पार्टी भएको थिएन ।
तर अहिले कोरोनाको सक्रमण दर पहिलेको जस्तो नभएका कारण विराटनगरवासीलाई मनोरन्जन प्रदान गराउने उदेस्यका साथ पुलपार्टी आयोजना गर्न लागिएको गजमेरले बताए । गजमेरले भने ‘विराटनगरमा हुन लागेको यस्तो खालको पुल पार्टी पहिलो हो । जुन भव्य र सभ्य हुनेछ,’ उनले भने, ‘लामो समय हुन नपाएको यस्ता खाले यो पुल पार्टीमा युवाहरूले चर्चित डिजेको साथमा रमाइलो गर्नेछन् ।’ गत साउन १८ गतेबाट नयाँ व्यावस्थापन सहित आर के सिटी मल संचालनमा आएको छ । मलमा ग्राहकहरुलाई विभिन्न सामान खरिमा अफरको भारी छुट सहित संचालनमा आएको हो । शनिबार हुने पुल पाटीको अनलाइन मिडिया पार्टनर आवर विराटनगर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्