विराटनगरमा गीत गजलका मेनेजर माथी भारतिय नागरिकद्धारा छुरा प्रहार

विराटनगरमा गीत गजलका मेनेजर माथी भारतिय नागरिकद्धारा छुरा प्रहार

विराटनगर । विराटनगर ११ नयाँ गुद्रीस्थित लोटस गीत गजलका मेनेजर सोनुकुमार साह माथी छरा प्रहार भएको छ । होटलमा खाजा खाएको पैसा तिर्ने विषयमा विवाद हुँदा भारतिय नागरिक विक्की पोद्धारको समुहले साह माथी छुरा हानेका हुन् ।

गजलबारमा बुधबार राती ११ बजे भारतिय नागरिक विक्की पोद्धारले होटलका मेनेजर माथी छुरा प्रहार गरेको होटल संचालक विन्देश्वर यादवले जानकारी दिए । होटलमा अवद्र व्यवाहार गर्ने विरुद्ध बिहीबार यादवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

मेनजर साहको पेटमा छुरा प्रहार हुदा घाईते भई हाल विराटनगर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । छुरा हान्ने पोद्धारलाई राती नै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जनाकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्