कोशी कोभिड अस्पतालबाटै कोरोना संक्रमित कैदी फरार

कोशी कोभिड अस्पतालबाटै कोरोना संक्रमित कैदी फरार

विराटनगर । कोशी कोभिड–अस्पताल विराटनगरमा उपचारका लागि भर्ना भएका एक कैदी भागेका छन् ।

बुधबार राति विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास अस्पताल बाटनै भागेको अस्पतालले जनाएको छ । बैंकिङ कसुर मुद्दामा ६ महिना कैद सजाय भोगेका दास शौचालय जाने बहानामा राति सवा १० बजेतिर अस्पतालबाट फरार भएको कोशी कोभिड अस्पतालका सुचना अधिकृत अनुपम राजवशीले जानकारी दिए । दासलाई लेनदेन मुद्दामा अदालतले २०७६ साल वैशाख २९ गते ६ महिना कैदको फैसला सुनाएको थियो । फैसलापछि उनी फरार थिए । लुकिछिपी बसेको अवस्थामा प्रहरीले साउन २० गते उनलाई पक्राउ गरेको थियो ।

कारागार चलानका लागि कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि साउन २० गते अस्ताल भर्ना गरिएको थियो । बुधबार राति शौचालय जाने क्रममा हातको हतकडी खोलेपछि उनी फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले फरार प्रतिवादीको खोजी भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्