फार्मेसी विद्यार्थी सामुहिक बलात्कार आरोपीको पोलिग्राफ जाँच, रिपोर्ट पोजेटिभ

फार्मेसी विद्यार्थी सामुहिक बलात्कार आरोपीको पोलिग्राफ जाँच, रिपोर्ट पोजेटिभ

विराटनगर । राष्ट्रिय खेलकुद परिषद्को मोरङका कराते प्रशिक्षक बलात्कार आरोपी २ जनाको पोलीग्राफ गरिएको छ ।  विराटनगर महानगरपालिका–३ का ५० वर्षीय विनोद राउत र विराटनगर महानगरपालिका– ४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदीको पालीग्राफ जाँच गरेको हो ।

विराटनगर बसेर फार्मेसी पढ्दै गरेकी सुनसरीकी १९ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । किशोरीको जाहेरीका आधारमा प्रहरीले दुवैलाई साउन ९ गते आइतबार पक्राउ गरेको थियो । इन्कारी बयान गरेपछि अनुसन्धानका क्रममा प्रहरीले शनिबार पोलीग्राफ जाँच गरेको हो । प्रहरी स्रोतका अनुसार पोलीग्राफ जाँचको रिपोर्ट पोजेटिभ आइसकेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले अनुसन्धानका क्रममा आरोपीको पोलीग्राफ जाँच गरिहेको बताए । तर रिर्पोटको बारे अहिले आई नसकेको बताए । अपराध अनुसन्धानका क्रममा प्रहरीले गरेको पोलीग्राफ जाँचलाई अदालतले प्रमाणको रुपमा भने ग्रहण गर्दैन् । सर्बाेच्च अदालतले २०७८ साउन २८ गते पोलीग्राफ जाँच प्रतिवेदनले मुद्दामा कसुर ठहर गर्न उपयोगी हुने प्रमाणको स्थान ग्रहण गर्न नमिल्ने नजिर स्थापित गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्