रोटरी क्लब विराटनगरद्धारा विद्यार्थीलाई छाता

रोटरी क्लब विराटनगरद्धारा विद्यार्थीलाई छाता

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरूलाई छाता बितरण गरेको छ । विराटनगर– ४ खारजीमा रहेको श्री ज्योती आधरभूत विद्यालयमा अध्ययरत १ सय ५० जना विद्यार्थीहरूलाई बिहीबार छाता वितरण गरेको हो ।

विद्यार्थीहरूलाई रोटरी क्लब अफ विराटनगर डाउनटाउनका अध्यक्ष रेखा राठी, पूर्वअध्यक्ष तथा पदाधिकारी, एनआइसी बैंक प्रदेश १ का प्रमुख विकास खरेल लगायतले विद्यार्थीहरूलाई छाता वितरण गरेका थिए ।

आर्थिक अवस्था नाजुक भएका विद्यार्थीहरू श्री ज्योती विद्यालयमा अध्ययरत छन् । उनीहरूलाई घाम र पानीबाट जोगिन छाता बितरण गरेको क्बलका अध्यक्ष राठीले बताइन् । अध्यक्ष राठीले विराटनगर ४ खारजीको आर्थिक विपन्न मुसर सामुदायमा ‘ह्याप्पी भिलेज’ कार्यक्रम सुरू गरेकी छिन् । खारजी बस्तीमा क्बलले एक वर्षभरी जागरण अभियानदेखि विभिन्न सामाजिक कामहरू गर्ने अध्यक्ष राठीले बताइन् ।

छाता वितरण कार्यक्रममा क्लबका पूर्वअध्यक्षहरू किरण कर्ण, अर्चना शर्मा, मधु कावरा, अर्चना तापरिया, सुनिता अग्रवाल, क्बलका सचिब नमिता टिवरीवाल, शिक्षा संयोजक मुक्ता तोदी तथा क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्