मोरङको कटहरीमा रहेको ग्रीन टायर उद्योगले ल्यायो शेर्पा ब्राण्डको टायर बजारमा

मोरङको कटहरीमा रहेको ग्रीन टायर उद्योगले ल्यायो शेर्पा ब्राण्डको टायर बजारमा

विराटनगर । मोरङको कटहरी ४ मा रहेको ग्रिन टायर उद्योग प्रालिले शेर्पा ब्राण्डको ‘एग्रिकल्चर टायर’ बजारमा ल्याएको छ । उद्योगले विराटनगरमा बिहीबार एक कार्यक्रम आयोजना गरी उक्त टायर बजारमा ल्याएको हो ।


मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र ग्रीन टायर उद्योग प्रा.लि.का प्रबन्धक निर्देशक विनित सिंघानियाले संयुक्त रुपमा टायर सर्वाजानिक गरे ।
एग्रिकल्चर सेगमेन्ट अन्तर्गतका ट्याक्टर तथा हाते ट्याक्टरका लागि शेर्पा ब्राण्डका भुमि, सारर्थी मोडलका ठूला र साना टायरहरू उत्पादन सुरू गरिएको उद्योगका प्रवन्धक निर्देशक सिंघानियाले जानकारी दिए । एग्रिकल्चर सेगमेन्ट अन्तर्गतका ट्याक्टर तथा हाते ट्याक्टरका लागि शेर्पा ब्राण्डका भुमि, सारर्थी मोडलका ठूला र साना टायरहरू उत्पादन सुरू गर्ने उनले बताए ।
उक्त मोडल अन्तर्गत पहाडमा चल्ने ६० एचपीका टायर, मध्य पहाडमा चल्ने ५० एचपीका टायर, सामान्य खेतीका लागि हुने ३५ देखि ४५ एचपीका टायर, ७५० एचपीको पहाडमा चल्ने अगाडिका टायर, ६०० एचपीको हाते ट्याक्टरको अगाडिको टायर र ६१६ एचपीको सबै ट्याक्टरमा चल्ने अगाडिको टायर उद्योगले उत्पादन गर्ने सिंघानियाले बताए ।

शेर्पा ब्राण्डका एग्रिकल्चर टायरहरू उत्पादन गरी बजार पढाउन सुरू गरेको छ । हत्तपत्त काँटीहरूले नछेड्ने, हिलोमा नचिप्लिने र लामो समयसम्म टिकाउन हुने खालका टायर उद्योगले उत्पादन गर्ने जनाइएको छ ।
२०७३ सालमा स्थापना भएको उद्योगले दुई ह्विलर टायरबाट आफ्नो उत्पादन सुरू गरेको थियो। उद्योगले हाल २ र ३ ह्विलिर टायर उत्पादन गर्दै आएको निर्देशक सिंघानियाले जानकारी दिए । ४० करोड लगानीमा स्थापना भएको उद्योगले नेपालमा टायरको उत्पादन सम्भावना र भविष्यलाई मध्यनजर गर्दै लगानी थप गर्ने पनि सिंघानियाले बताए । उद्योगको वार्षिक उत्पादन क्षमता तीन लाख टायर रहेको छ । उद्योगले १०० जना भन्दाबढीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्