नेपाल विजनेश कलेजका विद्यार्थीद्वारा आर्थिक सहयोग

नेपाल विजनेश कलेजका विद्यार्थीद्वारा आर्थिक सहयोग

विराटनगर । विराटनगर-११ स्थित नेपाल विजनेश कलेज वि.वि.ए सातौं समेष्टरमा अध्ययनरत विद्यार्थीहरुले मोरङ डागीहाट निवासी गोपाल परियारलाई बीस हजार ४६९ रुपैँया आर्थिक सहयोग गरेका छन् ।

 लामो समय देखी फोक्सोको समस्याबाट पिडित परियारको २ पटक नोवेल अस्पतालमा अपरेशन समेत भई सकेको छ । हाल उनी नोवेल मेडिकल कलेजमा उपचारार्थ छन् । निजको उपचारमा अस्पतालले अपरेशन र वेडको नि:शुल्क गरेको छ भने, औषधिको शुल्क तिर्नु पर्ने छ । नेपाल विजनेश कलेजका विद्यार्थीहरुले गरेको आर्थिक सहयोगको रकम विद्यार्थीहरु स्वंय आफैँले गत असार २१ गते देखि असार २४ गते सम्म विराटनगरका विभिन्न स्थानहरुमा लगातार ४ दिन सम्म खाजाका विभिन्न परिकारहरु विक्री गरी प्रत्यक्ष रुपमा व्यवसाय संचालन गरी २० हजार ४ सय ६९ आर्जन गरेका थिए । उक्त कार्यक्रम इभेन्ट मेनेजमेन्ट विषयको कार्य प्रोजेक्ट वर्क अन्तरगत गरिएको थियो।उक्त कार्यक्रमबाट भएको मुनाफा च्यारेटीका लागि प्रदान गर्ने भन्ने उद्देश्य रहेकोमा सोही बमोजीम बुधबार एक कार्यक्रम आयोजान गरी सो रकम नोवेल उपचारार्थ गोपाल परियारलाई नेपाल विजनेश कलेजका विद्यार्थीहरुले हस्तान्तरण गरेका छन् ।उक्त कार्यक्रमा कलेजका इभेन्ट मेनेजमेन्ट विषयसंग सम्बन्धित विशेषज्ञका रुपमा सिमा कर्णकाे उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्