मुसहर समुदायको पहिलो चलचित्र ‘पान सौ टका’ को छायाङ्कन सुरु

मुसहर समुदायको पहिलो चलचित्र ‘पान सौ टका’ को छायाङ्कन सुरु

विराटनगर । मुसहर समुदायको पहिलो कथानक चलचित्र ‘पान सौ टका’ को छायाङ्कन सुरु भएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका वडा नं. २ मा शुक्रबार एक कार्यक्रम आयोजना गरी चलचित्रको छायाङ्कन सुरु गरिएको हो । शिक्षाको अभावमा हुने बालविवाह, हिंसा र शोषणलगायतको विषयलाई उजागर गर्दै सशक्तिकरण गर्ने उद्देश्यका साथ चलचित्र निमाणर् गर्न लागिएको जनाईएकोे छ । करिब १५ लाख रुपैयाँको लागतमा २ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी चलचित्रको छायाङ्कन सुरु गरिएको निर्माता तथा अभिनेता धर्मेन्द्र ऋषिदेवले बताए । उनले प्रदेश १ को मोरङ, सुनसरी र झापाका साथै मुसहर समुदायको उद्गमस्थल रहेको सप्तरीको विभिन्न ठाउँमा चलचित्र छायाङ्कनको योजना रहेको जानकारी दिए ।

निर्माण पश्चात च्यारिटी शो गरेर चलचित्र प्रर्दशनको योजना रहेको जनाईएको छ । चलचित्रको निर्देशन पुष्कर राना मगरले गरेका छन् । चलचित्रमा लक्ष्मी राई, सन्तोष ऋषिदेव र साइमन सरदारलगायतका कलाकारहरुको अभिनय रहने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्