विराटनगरको कोभिड अस्पतालबाट फरार पक्राउ

<span class='c1'>विराटनगरको कोभिड अस्पतालबाट</span> <span class='c2'>फरार पक्राउ</span>

विराटनगर । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट फरार भएका व्यक्ति दुईदिनपछि पक्राउ परेका छन् । विराटनगर महानगरपालिका १८ झटियाई घर भएका ४५ वर्षीय लक्ष्मण दास तत्मालाई प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्त दास गत बुधबार राति १० बजेतिर अस्पतालबाटै फरार बनेका थिए। फरार बनेका दासलाई इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको हो। विराटनगर–१४ कटुप्पामा लुकिछिपी बसेको अवस्थामा दिउँसो पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् ।

लेनदेन मुद्दामा मोरङ जिल्ला अदालतले २०७६ साल वैशाख २९ गते दोषी ठहर गर्दै ६ महिना कैद सजायको फैसला सुनाएको थियो । सजाय भुक्तान नगरिकन तीन वर्षदेखि फरार उनलाई प्रहरीले साउन २० गते पक्राउ गरेको थियो । पक्राउ गरेर अदालतमा बुझाउनुअघि कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएसँगै उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो। प्रहरीको निगरानीमा उपचार गराइरहेका दास शौचालय जाने बहानामा अस्पतालबाट भागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्