अन्तराष्ट्रिय युवा दिवसमा विराटनगरमा कार्यक्रम

अन्तराष्ट्रिय युवा दिवसमा विराटनगरमा कार्यक्रम

विराटनगर । विराटनगरमा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार विराटनगर इन्टरनेसनल कलेजमा आयोजना भएको कार्यक्रममा एक सय बढी युवाहरुको बिच कार्यक्रम सम्पन्न भएको हो । मातृभूमि फाउन्डेसन नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा विराटनगर महानगरका प्रमुख नागेश कोइराला ,मधेस प्रदेश अनुसन्धान केन्द्रका प्रमुख सतार अन्सारी , इन्टेरियर डिजाइनर कृति श्रेष्ठ, युवा नेता वासिम आलम, विराटनगर इन्तरनेसनल कलेजका कार्यकारी प्रमुख डा. ऋषिकेश वाग्ले, ओबि मिडियाका प्रबन्ध निर्देशक विवेक दाहाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले युवा दिवसको शुभकामना दिनुका साथै युवाहरुलाई सहि मार्गमा हिड्न उत्प्रेरित गरेको मातृभूमि फाउन्डेसनका अध्यक्ष चान्दबाबु इराकीले जानकारी दिए । उनिले आगामी दिनमा पनि युवाहरूलाई लक्षित विभिन्न कार्यक्रम गर्दै लैजाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्