विराटनगरकाे झिः पुचमा हाँस्यव्यङ्ग्य कविगोष्ठी

<span class='c1'>विराटनगरकाे झिः पुचमा</span> <span class='c2'>हाँस्यव्यङ्ग्य कविगोष्ठी</span>

विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ झिः पुच विराटनगरले गाईजात्राका अवसरमा हाँस्यव्यङ्ग्य कविगोष्ठी आयोजना गरेको छ ।

संघको सभाहलमा आयोजित कार्यक्रममा कविहरुले हाँस्यव्यङ्ग्य सिर्जना प्रस्तुत गरेका थिए । कार्यक्रममा साहित्यकारहरु विवश पोखरेल, खेम नेपाली, मधु पोखरेल, हरि कट्टेल, भरत गुरागाईं, सुमन पोखरेल, शुभलक्ष्मी लम्साल, सरिता लुलाधर, सविना श्रेष्ठ, लक्ष्मी रायमाझी, रोहिणी रसिक, प्रमोदकुमार ढकालले आ-आफ्ना सिर्जना वाचन गरे ।

त्यस्तै स्वयम्भुनाथ कार्की, लोचन रिजाल, रामबाबु दाहाल, भवानीप्रसाद पोखरेल, मीनकुमार नवोदित, चूडामणि नेपाल अकिञ्चन, अञ्जु पराजुली, राधा भट्टराई, लक्ष्मी रायमाझी, लोकेन्द्र मल्ल, देवी पन्थी, दीपक शम्चु, लक्ष्मी स्मृति, शरद प्रधानाङ्ग, भेषराज पोखरेल, भूपाल अधिकारी, कविता ठटाल, लक्ष्मी युग्मी, देवेश प्रधान, अम्विका खरेल उप्रेतीलगायत तीन दर्जनभन्दा बढी कविहरुले आ-आफ्ना सिर्जना सुनाएका थिए । कार्यक्रममा झी पुचका पूर्वअध्यक्ष नारायणप्रसाद श्रेष्ठ, राजन श्रेष्ठ, लोकेन्द्र मल्ल, वर्तमान अध्यक्ष हरिबहादुर श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरे । विगत केही वर्षयता कोरोनाका कारण हाँस्यव्यङ्ग्य कविगोष्ठी गर्न नसके पनि यस वर्ष भने झिपुचले भव्य रुपमा कविगोष्ठी आयोजना गरेको कार्यक्रम संयोजक शरद श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्