विराटनगरमा मल बिक्री वितरण सुरु

<span class='c1'>विराटनगरमा मल बिक्री</span> <span class='c2'>वितरण सुरु</span>

विराटनगर । कृषि सामग्री कम्पनी प्रदेश कार्यालय विराटनगरले आजदेखि मल बिक्री वितरण सुरु गरेको छ ।

कार्यालय प्रमुख नरेशकुमार सापकोटाका अनुसार कम्पनीमा सात हजार ५०० मेट्रिक टन युरिया आउने क्रम जारी रहेपनि उपलब्धताको आधारमा आजदेखि सहकारीमार्फत वितरण कार्य सुरु भएको हो । कम्पनीले युरिया वितरण गर्ने सम्बन्धमा सहकारीलाई एक महिनादेखिपत्र पठाएको उहाँले बताउनुभयो ।

कम्पनीले यसअघि पोटास तथा डिएपी मल बिक्री वितरण गरेको थियो । कम्पनीले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मल बिक्री वितरण गर्ने गरेको छ । कम्पनीले प्रदेशका १४ जिल्लामा स्थानीय तहको सिफारिसका आधारमा सहकारीमार्फत किसानलाई मल बिक्री वितरण गर्ने गरेको छ । कम्पनीले विराटनगरसहित शाखा कार्यालय गाईघाट, धनकुटा, इटहरी, विर्तामोड र इलाममार्फत मल बिक्री वितरण थालेको सूचना अधिकारी होमप्रसाद पराजुलीले बताउनुभयो ।

प्रदेशमा किसानलाई वार्षिक रुपमा धानका लागि युरिया ४० हजार मेट्रिक टन, डिएपी ३० हजार मेट्रिक टन र पोटास सात हजार मेट्रिक टन आवश्यक रहेको छ । कम्पनीले ५० किलो युरिया रु ७५०, डिएपी रु दुई हजार २०० र पोटास रु एक हजार ६०० मा बिक्री वितरण गरिरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्