विराटनगरको नेपाली युवा उद्यमी मञ्चद्वारा रक्तदान कार्यक्रम

<span class='c1'>विराटनगरको नेपाली युवा उद्यमी</span> <span class='c2'>मञ्चद्वारा रक्तदान कार्यक्रम</span>

विराटनगर । बिरामीलाई रगतको अभाव भइरहेको बेला विराटनगरको नेपाली युवा उद्यमी मञ्चले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर मञ्चले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

मञ्चले आइतबार सेन्ट्रल महलमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका थिए। मञ्चले सामाजिक कार्यक्रमहरु गर्दै आएको नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष राघव कोइरालाले जानकारी दिए । मञ्चको नेपाल भारी ११ वटा शाखा रहेको छ।

११ वटै शाखाबाट एकैपटक कार्यक्रम गर्ने योजना रहे पनि रक्षाबन्धन र गाईजात्राका कारण एकैपटक हुन् सकेन तर यही हप्ताभित्र सम्पुर्ण शाखाले रक्तदान कार्यक्रम गर्ने कोइरालाले बताए। अघिल्लो वर्ष भने ११ वटै शाखाबाट एकैपटक कार्यक्रम भएको थियो।

उक्त कार्यक्रमको संयोजक अभिषेक केडियाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्