आज साउनको अन्तिम सोमबार

आज साउनको अन्तिम सोमबार

विराटनगर । आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ ।

साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा अनुसार शिवालयमा श्रद्धालुको घुइँचो लाग्ने गर्छ। साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ । भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहदै आएको छ ।

उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । यस पटकको साउन महिनामा पाँच वटा सोमवार परेको छ। अन्तिम सोमबार ब्राह्मणलाई पूर्णपात्र दान गरेपछि व्रत पूरा भएको मानिन्छ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्