मोरङमा शेखर विरुद्ध देउवा ‘छेकबार’

मोरङमा शेखर विरुद्ध देउवा ‘छेकबार’

विराटनगर । मोरङमा काँग्रेसका नेता डा.शेखर कोइराला समूह विरुद्ध देउवा समुहले छुट्टै भेला आयोजना गरेर चुनावी रणनीति बनाउन थालेको छ । केन्द्रमा देउवा विरुद्ध कोइराला समुहको घेराबन्दीलाई मोरङबाट ठेगान लगाउन भन्दै गोप्य भेला र बैठक सुरु गरिएको हो ।

गत शिनबार विराटचौकस्थित नेपालीरिका होटलमा देउवा समुहका जिल्लास्थित नेताहरुले छलफल आयोजना गरेका छन् । केन्द्र, प्रदेश र जिल्लाका नेताहरुको भेलाले आगामी निर्वाचनमा कोइराला समुह विरुद्ध खरो रुपमा उत्रने छलफल गरेका हुन् । मोरङमा कोइराला समुहको दावीलाई निस्फल बनाउन एक भएर टिकट लिनुपर्ने छलफल भएको एक नेताले बताएका छन् । छलफलमा राजनीतिक योगदान नै नभएका व्यक्तिलाई टिकट दिए मतदातामार्फत हराउने विषय समेत प्रवेश पाएको थियो । जसले मोरङको क्षेत्र नम्बर ३ मा डा.सुनील शर्मालाई असजिलो पार्ने देखिएको छ ।

प्रदेश र संघीय प्रतिनिधिसभा निर्वाचनमा उमेदवार छनौट गर्दा देउवा पक्षकालाई पथमिकतामा राख्नुपर्ने एक नेताले बताएका थिए । शेखर समुृह हावी हुने अवस्था आए जिल्लामा अस्तित्व समाप्त हुने भन्दै पेलेर जाने रणनीति बनाउन क्षेत्रगत उमेदवारको अध्ययन गर्ने सहमति भएको छ । बैठकमा खड्क फागो, अमृत अर्याल, रमेशजंग रायमाझी, डिला संग्रौला, भिम पराजुली, दिलिप गछदार, शिव ढकाल लगायतका नेताहरुको उपस्थिति रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्