ग्रासरुट फुटबल प्रशिक्षणका खेलाडीहरुलाई खेलकुद सामग्री वितरण

ग्रासरुट फुटबल प्रशिक्षणका खेलाडीहरुलाई खेलकुद सामग्री वितरण

विराटनगर । विराटनगरको शहिद रङशालामा जारी ग्रासरुट फुटबल प्रशिक्षणका खेलाडीहरुलाई विराट गोल्डकप फुटबल ट्रष्टले खेलकुद सामग्री वितरण गरेको छ ।

ट्रष्टले खेलाडीहरुलाई ५ थान फुटबल र ६० पिस जर्सी वितरण गरेको हो । उक्त कार्यक्रममा ट्रष्टका अध्यक्ष सन्तोष बानियाँ, महसचिव मनोज बस्नेत र राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघका अध्यक्ष रन्जन थापाले खेलाडीहरुलाई सामाग्री वितरण गरेका थिए । ग्रासरुट फुटबल प्रशिक्षणमा ५ देखी १८ वर्षका खेलाडिहरु सहभागी छन् ।

ग्रासरुट फुटबलमा खेलाडीहरुलाई प्रशिक्षण फुटबल प्रशिक्षक पारस चौधरी दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्