बुढीगंगाबाट आइतबार हराएका बालक मृत फेला

<span class='c1'>बुढीगंगाबाट आइतबार हराएका</span> <span class='c2'>बालक मृत फेला</span>

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–३ गोकुवा चोकस्थित पानी जमेको खाल्डोमा डुबी बालकको मृत्यु भएको छ ।

आइतबार बेलुका करिब ५ बजे हराएका बालक सोमबार (आज) मृत फेला परेका हुन्। पानी जमेको खाल्डोमा डुबेको अवस्थामा ६ वर्षीय अंकित रामको शव सोमबार बिहान भेटिएको प्रहरीले जनाएको छ । अभिभावक त्यहाँ कोठा भाडामा लिएर बस्दै आएका थिए । नजिकै नदीजन्य सामाग्री थुपारिएको स्थानमा खाल्डो थियो । त्यसमा पानी जमेको थियो । बालकको शव पानीमा भेटिएको हो ।

अभिभावक भारत देवरियाका हुन् । बालक बेपत्ता भएपछि आफन्त र अभिभावकले प्रहरीको सहयोगमा रातभर खोजी गरेका थिए । शव भेटिएपछि पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाईएको छ । घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्